Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

केन्द्रमा राजनीतिको सरगर्मी : अक्सिजनको अभावमा छट्पट्टाउदै बिरामी, मतदानको अपील गर्दै प्रधानमन्त्री

काठमाडौं । देशभर कोरोना भाइरसको संक्रमण तिब्र रुपमा बढिरहेको बेला सम्बन्धित सरोकारवाला निकाय भने राजनीतिक बिषयलाई नै केन्द्रबिन्दु बनाएर अगाडि बढिरहेका छन्।  नेपालमा उच्च ओहोदाका व्यक्तिहरु नै कहिले बैठक, कहिले भेटघाट त कहिले गोप्यवार्तामा लिप्तहुँदा आम नेपाली नागरिक भने अक्सिजनको लाइन र अस्पतालमा आइसीयु बेडको पालो कुरिरहेको देखिन्छन्।

आगामी जेठ छ गते अर्थात् भोलि बिहीबार बाग्मती प्रदेशस्तरिय राष्ट्रियसभाको चुनाव हुँदैछ। जसमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका रामबहादुर थापा ‘बादल’ र बिपक्षी गठबन्धनका खिमलाल देवकोटाले उमेद्वारी दिएका छन्। चुनाव हो, एकको जित एकको हार सुनिच्चित नै रहेको छ। तरपनि यसै बिषयलाई लिएर पार्टीका नेताहरु देखि सिंगो पार्टीले नै कहिले ह्विप त कहिले निर्देशन जारि गर्दै मतदाताहरुलाई आफ्नो पक्षको नेतामा भोट हाल्न अपील गर्दै आएका छन्।

यसैबीच, एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा उपनिर्वाचनमा  ‘बादल’लाई मतदान गर्न अपील गरेका छन् ।

आज एक अपिल जारी गर्दै अध्यक्ष ओलीले सूर्य चिन्ह लिएर उम्मेद्वारी दिएका बादललाई मतदान गर्न पार्टी पंक्तिलाई अपिल गरेका हुन् ।

गृहमन्त्री समेत रहेका बादल एमालेको पार्टीको साझा उम्मेद्वार भएकाले पार्टी निर्णय विपरीत मतदान नगर्न ओलीले चेतावनी समेत दिँदै भनेका छन् उम्मेद्वारलाई मतदान नगर्नु एमाले पार्टीमा मात्रै नभएर बहुदलीय शासन प्रणालीमा पनि स्वीकार्य र क्षम्य नहुने अपिलमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077