Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चीनबाट २२५० थान अक्सिजन सिलिण्डर ल्याएर निशुल्क बाँड्दै व्यवसायी दिपक मल्होत्रा

काठमाडौं । आइएमएस ग्रुपका अध्यक्ष समेत व्यवसायी दिपक मल्होत्राले चीनबाट २२५० थान अक्सिजनको सिलिण्डर ल्याएर सरकारी अस्पताललाई निशुल्क वितरण गर्ने भएका छन् । नेपालम कोरोना संक्रमितहरुले अस्पताल पुगेर पनि अक्सिजन पाउन नसक्दा अकालमै देहत्याग्न बाध्य भएको अवस्थमा मल्होत्राले भने चीनबाट सिलिण्डर ल्याएर वितरण गर्न लागेका हुन् ।

नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष समेत रहेका मल्होत्राले शुक्रबारसम्म चीनबाट २२५० थान अक्सिजन सिलिण्डर नेपाल आइपुग्ने जानकारी गराउँदै चेम्बरमार्फत् सरकारी अस्पतालेलाई कम्तिमा ५०० थान निःशुल्क उपलब्ध गराउने जानकारी गराए । यद्यपी निजी अस्पतालहरुलाई भने शुल्क लिएर बिक्री गर्ने उनले जानकारी दिए ।

मल्होत्राको डीएम फाउण्डेशनले उक्त सिलिण्डर ल्याउन लागेको हो । फाउण्डेशनले केही चेम्बरलाई निःशुल्क दिने र केही लागत खर्चमा किनेर सरकारी अस्पतालहरुलाई निःशुल्क सिलिण्डर उपलब्ध गराउने छ ।

महामारीको समयमा अक्सिजन सिलिण्डरको अभाव हुन नदिन आफूले चीननबाट सिलिण्डर मगाएको बताउँदै मल्होत्राले भने–‘अब नेपालमा सिलिण्डरको अभाव हुँदैन । अबको समस्या भनेको ग्यासको हो, त्यसमा पनि केही काम गर्ने सोचका साथ अघि बढिरहेको छु ।’

मल्होत्राले अघिल्लो वर्षको लकडाउनकै समयमा करोडौं लागनी गरी मास्क उत्पादन गरेर बिक्री वितरण गर्दै आएका छन् । मास्कको हाहाकार भएको त्यतिबेला मल्होत्राको कम्पनीले दैनिक ८० हजारसम्म मास्क उत्पादन गरेर बाजारमा मास्कको अभाव हुन दिएको थिएन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077