Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

घरमा राखेका अक्सिजन सिलिन्डर फिर्ता गर्न सरकारको आग्रह

काठमाडौँ । सरकारले चिकित्सकको सिफारिसविना घरमा राखिएका अक्सिजन सिलिन्डर फिर्ता गर्न आग्रह गरेको छ ।

कतिपय व्यक्तिले डाक्टरको सल्लाहविनै घर घरमा अक्सिजन सिलण्डर लगेर राखेको पाइएको भन्दै मुख्यसचिव स्तरको निर्णय अनुसार स्वास्थ्य मन्त्रालयले घरमा राखिएका सिलिन्डर फिर्ता गर्न आग्रह गरेको हो ।

मन्त्रालयले नजिकको अस्पताल या स्थानीय प्रशासनमा अक्सिजन सिलिन्डर बुझाउन भनेको छ ।

घरमा अक्सिजन राखेरनराखेको, सम्बन्धित उद्योगले अस्पतालबाहेक अन्यत्र सिलिन्डर दिएरनदिएको अनुगमन गर्न पनि मुख्यसचिव शंकरदास बैरागीले निर्देशन दिनुभयो ।

यस्तै हरेक अक्सिजन उद्योगमा अक्सिजन सिलिन्डरको अभिलेख राख्न सशस्त्र प्रहरी खटाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077