Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रचण्डको आह्वान - प्रतिक्रियावादीहरूबाट प्रहार भइरह्यो, संघर्षमा उत्रियौँ

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनताका हक र अधिकारमाथि प्रतिक्रियावादीहरूबाट प्रहार भइरहेको बताएका छन्।

आज मुस्लिम समुदायको महान् चाड इद–उल–फित्रको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले परिवर्तन विरोधी प्रतिगामी शक्तिकाविरुद्ध एकताबद्ध र सचेत संघर्षमा उत्रिन आह्वान समेत गरेका छन्।

उनले भनेका छन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको वर्तमान संविधानले नेपाली बहुसंस्कृतिको सम्मान गर्दै पहिचान र आत्मनिर्णयको अधिकार सुनिश्चित गरेको छ। अहिले नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त हक र अधिकारमाथि प्रतिक्रियाहरुबाट प्रहार भइरहेको छ। परिवर्तन विरोधी प्रतिगामी शक्तिका विरुद्ध एकताबद्ध र सचेत संघर्षमा उत्रिन आह्वान गर्दै विश्वभर फैलिएको कोरोना महामारीबाट बच्न स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाई सुरक्षित रहन सबैमा आग्रह पनि गर्दछु। ’

त्यस्तै, पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले महामारीबाट बच्न स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाई सुरक्षित रहन सबिमा आग्रह समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077