Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • कांग्रेसद्वारा ४५ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक

    कांग्रेसद्वारा ४५ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ बैशाख २०७८
  • 3.4K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवरण सार्वजनिक गरेको छ ।

    कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धी कार्य सम्पन्न गरी जिल्ला र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले केन्द्रबाट उपलब्ध गराइएको सफ्टवेयरमा नामावली विवरण इन्ट्री गरी क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका विवरण पार्टीको आधिकारिक वेबसाइट www.nepailcongress.org  मा आज सार्वजनिक गरेको हो ।



    शुरुआतमा ४५ जिल्लाका ८० प्रतिनिधिसभा निर्वाचन क्षेत्रका केहीको नवीकरण र नयाँ तथा केहीको नवीकरण मात्रको प्रस्तावित नामावली सरोकार पक्षको जानकारीका लागि सार्वजनिक गरिएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए ।



    कांग्रेस केन्द्रीय कार्यसमितिको यही वैशाख ६ गतेको निर्णयानुसार उक्त विवरण सार्वजनिक गरिएको हो ।

    कम्प्युटरमा इन्ट्री भएका बाँकी जिल्ला र क्षेत्रको प्रस्तावित नामावली पनि क्रमशः सार्वजनिक गरिने कांग्रेसले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार