Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गठबन्धनको पक्षमा हस्ताक्षर गर्न नमानेका थापालाई राजमोले दलको नेताबाट हटायो

कास्की। गण्डकी प्रदेशसभा सदस्य एवं राष्ट्रिय जनमोर्चा पार्टीका संसदीय दलको नेता कृष्ण थापालाई दलको नेताबाट हटाइएको छ । थापालाई पार्टीको निर्णय अनुसार गठबन्धनको पक्षमा हस्ताक्षर गर्न नमानेपछि दलको नेताबाट हटाईएको हो।

जनमोर्चाकी सचेतक पियारी थापाका अनुसार बुधबार बसेको बैठकले उनलाई दलको नेताबाट हटाएको हो। 'केही समयभित्र प्रदेशसभा सचिवालयमा पत्र बुझाइँदै छौं, अन्य कारबाहीको निर्णय पार्टी केन्द्रिय कार्यालयले नै गर्नेछ', थापाले भनिन्।

यसअघि थापालाई आज बिहान पार्टीले गठबन्धनमा हस्ताक्षर नगर्नुको स्पष्टिकरण सोधेको थियो । थापाले चित्त बुझ्दो जवाफ नदिएपछि दलको नेताबाट हटाएको पियारीको भनाइ छ।

सचेतक थापाले भनिन्, 'राजमोले गठबन्धनलाई सहयोग गरेको छ', उनका अनुसार आफ्नो पार्टीको तीन जना सदस्य दाबी गर्दै प्रदेश प्रमुख समक्ष गठबन्धनलाई साथ दिएको जानकारी दिने तयारी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077