Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

भाजपाका नेताको टिप्पणी : भारतको रोजाइमा ओली, प्रचण्ड प्रधानमन्त्री भए चीनले जित्छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारतको रोजाइमा रहेका छन्।

आज भारतीय जनता पार्टी (भाजपा)का नेता सुब्रमन्यम स्वामीले भारतको रोजाइमा ओली रहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत् पूर्वमन्त्रीसमेत रहेका स्वामीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेपालको प्रधानमन्त्री भएमा चीनले जित्ने दाबीसमेत गरेका छन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘नेपालबारे मेरो जानकारीमा भएसम्म ओली भारतको रोजाइ थिए । प्रचण्ड प्रधानमन्त्री भएमा चीनले जित्नेछ ।

नेपालमा नयाँ सरकार गठनका लागि प्रयास भइरहेका बेला भाजपा नेताले यस्तो बताएका हुन् ।

https://twitter.com/Swamy39/status/1392072976304984065

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077