Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माधव नेपालप्रति सूर्य थापाको वितृष्णा, कहिले 'पाखण्डीपन' त कहिले 'गद्दार' !

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा पछिल्लो समय माधव नेपाल पक्षका नेताहरुमाथि खरो रुपमा प्रस्तुत भएका छन्।

सल्लाहकार थापाले एमालेका माधव नेपाललाई गद्दारको संज्ञा दिँदै आफ्नो पार्टीको सरकार ढालेर कांग्रेस सभापति शेरबहादुर देउवाको पाउमा लम्पसार परेको आरोप लगाएका छन्।

नेपाल पक्षले पार्टी २०७५ जेठ २मा फर्किनु पर्छ, अध्यक्ष ओलीले त्यसपछि गरेका एकलौटी निर्णयहरु फिर्ता लिनुपर्छ भन्दै माग गरेको बेला सोही पार्टीका नेता समेत रहेका थापाले पार्टी पछि नफर्किने र अघि बढ्ने बताएका छन्।

केहीदिन अघि मात्रै कोरोना संक्रमण भएर आइसोलेसनमा बसेका थापाले हिजो मात्रै पनि माधव नेपाललाई पाखण्डीपनको संज्ञा दिएका थिए।

आज मध्यान्ह सामाजिक सञ्जाल ट्वीटरमार्फत् नेता जन्माउने-बनाउने पार्टी र जनताले हो भन्दै आफ्नै सरकार ढाल्नेहरुलाई क्षम्य नहुने उल्लेख गरेका छन्।

https://twitter.com/ThapajiSurya/status/1392005820766773248

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077