Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

संसदमा ओलीलाई प्रचण्डले भने - इनफ इज इनफ

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लोकतान्त्रिक मूल्यमान्यतालाई मर्यादामा राख्दै राजिनामा दिन सुझाव दिएका छन्।

आज संसदमा प्रधानमन्त्रीलाई विश्वासको मत दिनुअघि सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले ओलीलाई इनफ इज इनफ भन्दै आफू विश्वासको मतको विपक्षमा रहेको प्रष्ट पारे।

आफुलाई आज सन्तुष्टि नभएको र दुख भएको भन्दै अध्यक्ष प्रचण्डले शान्ति सम्झौतादेखि संविधान निर्माणका समयसम्म भएका कुराहरु स्मरण गर्दै आफैले ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको बताए।

देशमा कोरोनाको महामारी फैलिएर देशका नागरिकहरु सबै कोरोनाको चपेटामा परेको बेला संविधानमा समेत कोरोना लागेर आइसीयुमा पुगेको प्रचण्डको भनाइ छ।

आजको दिनलाई बिडम्बनापूर्ण रुपले लिएका माओबादीका अध्यक्ष प्रचण्डले सम्बोधनमा कोरोना कहरमा ज्यान गुमाउनेहरुलाई श्रद्दान्जली व्यक्त गर्दै विरामीहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरे।

प्रचण्डले आफुलाई ओलीले राष्ट्रिय समस्या भनेकोमा आपत्ति जनाउदै प्रश्न गरे, के बाम गठबन्धन गर्नु समस्या हो ? ,के प्रधानमन्त्रीमा तपाइलाई सिफारिस गर्नु राष्ट्रिय समस्या हो ? आउनुहोस् बहस गरौँ।

प्रधानमन्त्री ओलीलाई आफैले विघटन गरेको संसदमा आएर विश्वासको मत माग्ने समेत अधिकार नभएको प्रचण्डको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077