Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

खनाल-नेपाललाई वामदेवले साथ दिँदै भने - नयाँ पार्टी बनाए म सामेल हुन्छु

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका उपाध्यक्ष वामदेव गौतमले झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले पार्टी विभाजन गरेर नयाँ पार्टी बनाए आफू त्यही पार्टीमा सामेल हुने बताएका छन्।

उपाध्यक्ष गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीमार्फत सोमबार आफ्नो धारणा सार्वजनिक गर्दै गौतमले खनाल–नेपाल पक्षले नयाँ पार्टी बनाए आफू त्यसमै सामेल हुने बताएका हुन् ।

सुबेदीले सार्वजनिक गरेको दूईवटा बुँदामध्ये दोस्रो बुँदामा माधव नेपालहरुको सन्दर्भमा भनिएको छ,  'वरिष्ठ नेता क.माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेता कमरेडहरुले नेकपा (एमाले) मै भएर समानान्तर गतिविधि गर्ने, कमिटीहरु बनाउनेजस्ता काममा मेरो सहमति छैन । तर, यदि उहाँहरुले चाहे संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु ।'

यस्तै, गौतमले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि आफ्नो दुईबुँदे धारणा सार्वजनिक गरेको सुवेदीले बताए । पार्टीलाई २०७५ जेठ २ मा फर्काउन गरेको गौतमको प्रस्तावलाई ओलीले अस्वीकार गरेको सुवेदीको भनाइ छ ।




https://www.facebook.com/bishwamani.subedi/posts/10159225479347744

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077