Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा २ जना पक्राउ

सुनसरी। प्रहरीले प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ईनरुवा नगरपालिका-१० जाल्पापुर बस्ने २६ वर्षीय नजाम मिया र २७ वर्षीय शम्शेर मिया रहेका छन् । उनीहरुलाई शनिबार दिउँसो पोखरी चोकबाट प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार अस्थाई प्रहरी पोष्ट सम्बला पोखरीबाट खटिएको प्रहरीको टोलीले मास्क नलगाई हिँडडुल गरेका मानिसहरूलाई सम्झाई बुझाई गर्नेक्रममा उल्टै प्रहरीलाई गालीगलौज तथा हातपात गरेपछि पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077