Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेस संसदीय दलको बैठक बस्दै, एजेण्डा के ?

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

आगामी वैशाख २५ गते शनिबार दिनको २ बजेका लागि कांग्रेस संसदीय दलको बैठक बोलाइएको कांग्रेस नेताहरुले जानकारी दिएका छन्।

बैठक संघीय संसद् भवन, बानेश्वरस्थित ल्होत्से हलमा बस्ने छ ।

बैठकमा २७ गतेका लागि डाकिएको प्रतिनिधिसभा बैठकलगायतका विषयमा छलफल हुने बताइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि २७ गते प्रतिनिधिसभा बैठक आह्वान भएको छ ।

यसअघि बुधबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री ओलीबीच विश्वासको मत लिने प्रयोजनका बिषयमा छलफल भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077