Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

म्याक्सिम इन्टरनेशनलद्वारा पत्रकार महासंघलाई अक्सिजनसहितका सामग्री प्रदान

काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकाहरुको आवासगृहलाई अक्सिजनसहितको आइसोलेसन बनाउने निर्णय गरेको छ । पछिल्लो समय देशभर बढिरहेको कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै महासंघले यस्तो निर्णय गरेको हो।

गत बैशाख १८ गते महासंघले प्राविधिक जनशक्तिसहितको मेडिकल सामग्री राखेर आइसोलेसन बनाउने निर्णय गरेको थियो ।

त्यसका लागि महासंघले अक्सिजनसहित विभिन्न सामग्री तथा जनशक्तिका लागि सबै संघसंस्था र सरकारसँग आग्रह गरेको थियो । महासंघको त्यही आग्रहपछि म्याक्सिम इन्टरनेशनल ट्रेडिङले आइसोलेसनका लागि अक्सिजन र केही थान बेड कभर पनि प्रदान गरेको छ ।

म्याक्सिम इन्टरनेशनल ट्रेडिङका म्यानेजिङ डाइरेक्टर नारायण कार्कीले महासंघका अध्यक्ष बिपुल पोखरेललाई बिहीबार अक्सिजन र बेडकभर हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077