Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मध्यरातमा पतिको हत्या गरेर फरार पत्नीसहित ४ जना पक्राउ

जनकपुर ।  जिल्ला प्रहरी कार्यालय धनुषाले पतिको हत्या गरेको आरोपमा  पत्नीसहित ४ जनालाई  पक्राउ गरेको छ ।

गत शुक्रबार राति धनुषाको हंसपुर नगरपालिकामा – ६ स्थित टिल्हीका २५ वर्षीय शम्भु मण्डलको राति घाँटीमा छुरा प्रहारबाट हत्या भएको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी प्रकाश रानाभाटले प्रहरी टोलीले  हत्यापछि फरार मण्डलकी  २३ वर्षीय पत्नी सुशीलादेवी मण्डल, मृतकका भाइ अनिल मण्डल र उनीहरुका २ जना सहयोगीलाई उदयपुरबाट पक्राउ गर्न सफल भएको वताए ।

प्रहरीका अनुसार घटना लगत्तै देवर र भाउजू भागेका थिए ।  हत्यापछि उनीहरुलाई भगाउन सहयोग गर्नेलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

गत शुक्रबार मध्यरातमा देवर र भाउजु मिलेर शम्भु मण्डललाई घाँटीसहित शरीरको विभिन्न भागमा छुरा प्रहार गरी हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077