Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लुम्बिनीमा सरकार ढल्यो, मुख्यमन्त्री शंकर पोखरेलद्वारा पदबाट राजिनामा

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन्।

प्रदेशमा नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न पोखरेलले राजीनामा दिएका हुन्। पोखरेलले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष केहीबेर अघि राजीनामा पेश गरेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

पोखरेल २०७४ फागुन ३ गते मुख्यमन्त्री बनेका थिए। मुख्यमन्त्री पोखरेलविरूद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत दलले पेश गरेको अविश्वास प्रस्तावमा प्रदेश सभामा आजदेखि छलफल शुरु हुँदै छ ।

धारा १६८ अन्तर्गत गठन भएको सरकार विघटन गरी धारा १६८ (१) अनुसारको सरकार गठनका लागि पोखरेलले राजीनामा दिएका हुन् । अहिले एमाले लुम्बिनी संसदीय दलको बैठक बसिरहेको छ। वैशाख ६ मा पोखरेलविरुद्ध कांग्रेस माओवादीसहितका दलले अविश्वास प्रस्ताव ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077