Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

'प्रधानमन्त्री ओली र दीपक मनाङे एकै हुन्, आलोचना नगरौँ'

काठमाडौं। बिहीबार गण्डकी प्रदेशको खेलमन्त्रीमा नियुक्त दीपक मनाङेबारे सामाजिक सञ्जालमा चर्को आलोचनादेखि समर्थन हुन थालेसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले भने मनाङे मन्त्रीका लागि उपयुक्त व्यक्ति भएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् लोहनीले जनताको मतले चुनाव जितेका मनाङे उत्तम व्यक्ति भएको भन्दै उनी मन्त्रीका लागि उपयुक्त व्यक्ति भएको उल्लेख गरेका छन् । अध्यक्ष लोहनीले लोहनी मन्त्री राजिव गुरुङ (दीपक मनांगे) को बिगतमा अपराधमा संलग्नताबारे अहिले निकै चर्चा छ अब विचार गरौस् मन्त्री हुन उत्तम हुनु पर्छ। जनता प्रिय व्यक्ति उत्तम हुन्छन्। राजीब गुरुङ जनता प्रिय (चुनाब जितेका) हुन्। त्यसकारण उनी उत्तम हुन्, उनले लेखेका छन्।

त्यस्तै, उनले अब आलोचनको कुनै ठाउँ नरहेको  दाबी गर्दै भनेका छन्, यो  तर्क मान्नु हुन्छ भने प्रधानमन्त्री ओली र माननीय राजिव गुरुङ एकै तहका उत्तम हुन्। त्यसैले अब आलोचना गर्ने ठाउँ छैन। '

https://www.facebook.com/DrPrakashLohani/posts/3700683696721166

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077