Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मुख्यमन्त्री गुरुङले नै दौरा सुरुवाल किन्न जाउँ भनेका थिए दीपक मनाङेलाई ...

पोखरा । कुनै बेलाका चर्चित डन राजीव गुरुङ उर्फ दीपक मनाङ्गे युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका छन् । स्वतन्त्र उठेर मनाङ ‘ख’ बाट गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित मनाङ्गे गण्डकी प्रदेशको मन्त्री बनेका हुन् ।

मन्त्री गुरुङले आजै पद तथा गोपनीयताको शपथ ग्रहण समेत गरेका छन्। सपथ ग्रहणमा निलो रंगको कोट र दौरा सुरुवालमा ठाँटिएका मनाङेले मन्त्रीको सपथ ग्रहणपश्चात् केहीबेर सञ्चारकर्मीहरुसँग कुरा गर्दै युथका लागि बिजनेस प्लान भएको र आफुहरुसंग स्पोर्ट्स टीम भएकाले खेलकुद मन्त्रालय रोजेको बताएका छन्।

आफूले पहिल्यै स्पोर्ट्स क्षेत्रमा  काम गरेकाले नलेज पनि रहेको भन्दै उनले भने मलाई मुख्यमन्त्रीज्युले ‘काम गर्ने वातावरण बन्यो भने गर्नुभन्नु भएपछि आफुले हुन्छ भनेको प्रष्ट पारे।

मन्त्री हुनुअघि आफ्नो मन्त्रालय कुन भवनमा हुन्छ भन्ने थाहा नभएको भन्दै मन्त्री गुरुङले अघि भने, 'मुख्यमन्त्रीले नै दौरा सुरुवाल किन्न जाउँ भनेपछि आफुहरु किन्न गएको समेत बताए।

फरक प्रसंगमा संचारकर्मीहरुले मन्त्री बन्दा कस्तो अनुभूति हुन्छ भन्ने प्रश्नमा मनाङ्गेले भने, ‘मलाई अलिअलि निद्रा चाहिं लागिरहेको छ, यसअघि सुत्न पाएको थिएन क्या !’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077