Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रोनाल्डोको 'फ्री किक' शैलीमा दीपक मनाङेद्वारा मन्त्री बनेकै दिन सपथ ग्रहण

पोखरा । कुनै बेलाका चर्चित डन राजीव गुरुङ उर्फ दीपक मनाङ्गे युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका छन्। स्वतन्त्र उठेर मनाङ ‘ख’ बाट गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित मनाङ्गे गण्डकी प्रदेशको मन्त्री बनेका हुन् ।

गुरुङले मन्त्री बनेसँगै आजै पद तथा गोपनीयताको शपथ ग्रहण समेत गरेका छन् । सपथ ग्रहणमा मनाङे निलो रंगको कोट र दौरा सुरुवालमा ठाँटिएका थिए भने उनले सपथ लिँदा चर्चित फुटबलर क्रीचियानो रोनाल्डोको फ्रीकिक हान्ने शैलीमा उभिएका थिए।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितीमा मन्त्री गुरुङलाई प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश नीति तथा योजना आयोगको हलमा सपथ खुवाएका हुन् ।

२०७४ सालको मंसिर १० गते सम्पन्न प्रदेश सभा निर्वाचनमा राजीव स्वतन्त्र उम्मेदवार थिए। तत्कालीन एमालेको समर्थनमा उनले निर्वाचन जितेका थिए।

प्रदेशसभा सदस्यमाम निर्वाचित भए पनि उनले अरु प्रदेश सभा सांसदहरुसँग सपथ लिन पाएका थिएनन्। सांसद बनेका उनी ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा २०७५ वैशाख वैशाख ६ गते पक्राउ परेकाले सपथ रोकिएको थियो । १० वर्षभन्दा कम सजाय हुने मुद्दा बाहिर बसेरै लड्न मिल्ने व्यवस्था अुनसार २०७५ पुस ६ गते उनी छुटेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077