Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बिनोद चौधरीसँगै सीजीमा रात बिताएका माधव नेपालले भने - ओली नक्कली एमालेका अध्यक्ष हुन्

नवलपरासी पूर्व । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नक्कली एमाले भएको आरोप लगाएका छन् । नक्कली एमालेको नक्कली अध्यक्ष भन्दै नेता नेपालले आफुहरु सक्कली एमाले भएको दावी समेत गरेका छन्।

आज जिल्लामा आयोजित आफू पक्षीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले पार्टी अध्यक्ष ओलीबाट कम्युनिष्ट आन्दोलन समाप्त हुने भन्दै नक्कली एमालेले पार्टीको हक र हित विपरित कार्य गरेको र आफूहरु सक्कलीले पार्टी जोगाउन लागि परेको बताए ।

आफूहरु पार्टी पुनर्गठन अभियानमा लागेको भन्दै पुर्वप्रधानमन्त्री समेत रहेका नेपालले भने, 'प्रधानमन्त्री ओलीले कम्युनिष्ट आन्दोलन ध्वस्त पारेर कमिशनखोरी र भ्रष्टाचारीको संरक्षण गरिरहेका छन्।'

नेपाली कांग्रेसका सांसद विनोद चौधरीको दुम्कौलीस्थित निवासमा सोमबार आइपुगेका नेता नेपालले चौधरीसँगै सीजी निवासमा रात बिताएका थिए। नेपालले सोमबार नै दुम्कौलीमा रहेको विनोद चौधरीले निर्माण गरेको शाश्वतधाम अवलोकन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077