Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बालुवाटारमा एमाले कमिटी बैठक : नेपालसहित ३२ जनालाई कारवाही होला त ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा जारि रहेको छ । आजको बैठकमा नेता माधवकुमार नेपाल पक्षका सांसदहरुले दिएको स्पष्टीकरण पत्रबारे निर्णय गर्ने तयारी रहेको वालुवाटारमा सहभागी एक नेताले बताए।

गत बैशाख ६ गतेको निर्णयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेता नेपालसहित २७ संघीय सांसद र कर्णाली प्रदेशका पाँच प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेका थिए । आजको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने चारजना प्रदेश सभा सदस्यलाई सांसद पद र पार्टी सदस्यताबाटै हटाउने तयारी गरेको बताईएको छ।

बैठकले कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकार जोगाउन पार्टी निर्देशनविपरीत ह्वीप उल्लंघन गरेको भन्दै उनीहरुलाई पार्टी र प्रदेश सभा सदस्य पदबाट हटाउन लागेको जनाएको छ। गतसाता उनीहरुले कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका थिए ।

यसअघि वैशाख ६ गते बसेको बैठकले माधव नेपालसहित भीम रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077