काठमाडौँ। राष्ट्रिय सभा सदस्यमा रिक्त रहेको एक पदका लागि जेठ ६ गते निर्वाचन हुने भएको छ । नेकपा माओवादी केन्द्रबाट निर्वाचित राष्ट्रियसभा सदस्य रामबहादुर थापा नेकपा एमाले प्रवेश गरेपछि उनी पदमुक्त भएका थिए ।
गत बैशाख च्च गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार निर्वाचन आयोगले बागमती प्रदेश र अन्य समूहतर्फबाट रिक्त राष्ट्रियसभा सदस्य पद पदपूर्तिका लागि उपनिर्वाचनको मिति घोषणा गरेको हो ।
आयोगले निर्वाचन प्रयोजनका लागि वैशाख १० देखि १४ गतेसम्म दल दर्ता गर्न राजनीतिक दलहरुलाई समय दिएको जनाएको छ।
Leave a Reply