Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

म्यरियट होटल वार्ता प्रकरण : आफ्नो लचकतालाई कमजोरी नठान्न ओलीको चेतावनी

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाललाई आफूलाई कमजोर नठान्न चेतावनी दिएका छन्।

आज नेपाल कम्युनिष्ट पार्टीको ७३औं स्थापना दिवसको अवसरमा बल्खुमा केन्द्रीय कार्यालय भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले हिजो साँझ भएको भेटलाई लिएर आफूलाई कमजोर नठान्न चेतावनी दिएका हुन्

नेपाल पक्ष अर्को पार्टी खोलेर हिँड्दा पनि कारबाही नगरी सम्झाइ–बुझाइ गरिरहेको भन्दै अध्यक्ष ओलीले हिजोको भेटमा पनि आफुले नेता नेपाललाई सम्झाउने आफ्नो प्रयास गरेको प्रष्ट पारेका छन्।

अध्यक्ष ओलीले सकभर पार्टीमा कुनैक्षति नहोस् भनेर अर्को पक्षका नेताहरूलाई समेत आफुले सम्झाउन, बुझाउन गरेको प्रयासलाई कमजोरी नठान्न आग्रह समेत गरे।

नेपालको लोकतान्त्रिक र संसदीय इतिहासमा नेपाल पक्षबाट अराजक काम भएको आरोप लगाउदै ओलीले व्यक्तिगत रूपमा नेताहरूसँग कुराकानी भए पनि पार्टीमा गुटगत गतिविधिलाई मान्यता नदिने बताए।

तत्कालीन नेकपाका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले आफूलाई ‘टाउकोमा हानेर रन्थन्याउने नीति’ लिएको भन्दै संकीर्ण मानसिकता भएकाले आफूलाई कम्युनिस्ट पार्टीको साधारण सदस्यबाटै हटाउने दुष्प्रयास सफल हुन नसकेको ओलीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077