Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रचण्डलाई ओलीको चौथो फोन, नेपालसँग आजपनि वार्ता

काठमाडौं । बुधबार बेलुका प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो ।

पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगिरहेको बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली र नेता नेपालबीच भएको भेटवार्ता सकारत्मक रहेको वार्तामा उपस्थित ओलिनिकत नेताले बताएका छन्।

हिजोको बैठकमा अध्यक्ष ओलीले नेपालले गरेका कार्य नमान्ने  र नेता नेपालले पनि बाँकी निर्णय आफुपक्षीय नेताहरुसँग छलफल गरेपछि मात्र अघि बढ्ने भने सँगै बैठक आज पुन बस्ने भएको छ । भेटवार्ता  दिउँसो २ बजे हिजोकै स्थानमा हुने तय भएको छ।

यस्तै, पार्टी अध्यक्ष ओलीले नेता नेपालसँगको भेटवार्ता लगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई पनि फोन गरेका थिए।

नेकपा विघटनपछि प्रचण्डलाई ओलीको यो चौंथो फोन हो ।

गत पुस ५ गते प्राधन्मंत्री ओली संसद विघटन गरेलगत्तै नेकपा विभाजन भएको थियो।

यसबीच ओलीले पहिलो पटक प्रचण्ड पत्नि सिता दाहाललाई उपचारका लागि मेडिकेयर अस्पतलामा भर्ना गरेका बेला फोन गरेर स्वाथ्य लाभको कामना गरेका थिए ।

त्यस्तै, अदालतले नेकपाको एकता खारेज गर्दै एकीकरणका लागि नयाँ नाम लिएर आउन भनेपछि पनि प्रचण्डलाई दोस्रो फोन गरेका थिए भने पछिल्लो समय प्रचण्ड ललितपुरको एक कार्यक्रममा पुगेका बेला पनि प्रधानमन्त्री ओलीले तेस्रो फोन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077