Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

वामपन्थी शक्तिहरुलाई प्रतिगमनविरुद्ध लामवद्ध हुन प्रचण्डको अपील

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी शक्तिहरुलाई एकताबद्ध हुन अपील गरेका छन् ।

आज नेपाल कम्युनिष्ट  पार्टीको स्थापना दिवस एवम् लेनिन जयन्तीको अवसरमा सबैलाई शुभकामना दिँदै प्रचण्डले  विज्ञप्तिमार्फत  प्रगतिशील शक्तिहरुलाई एकतावद्ध हुँदै प्रतिगमनविरुद्धको अभियानमा लामवद्ध हुन अपील गरेका हुन् ।

प्रचण्डले बिज्ञप्तिमा देशको आर्थिक विकास, समृद्धि र समाजवाद उन्मुख संविधानको रक्षा, परिमार्जन तथा कार्यान्वयनका निम्ति प्रतिगमन विरोधी शक्तिहरुको ऐक्यवद्धता अहिलेको ऐतिहासिक आवश्यकता भएको उल्लेख गरेका छन्।

शहीदहरुमा श्रद्धाञ्जली, बेपत्ता योद्धाहरुमा सम्मान र घाइते योद्धाहरुको स्वास्थ्यलाभको कामना गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले कम्युनिष्टका सस्थापक लेनिनले सोभित संघ एकताको लागि खेलेको भूमिका प्रेरणाको स्रोत बन्न सके बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077