Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ओली र नेपालबीच म्यारियट होटलमा वार्ता, सम्भव होला त पार्टी एकता ?

काठमाडौं । नेकपा कम्युनिष्ट पार्टी (नेकपा) एमाले विभाजनको उत्कर्षमा पुगेका प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालवीच वार्ता सुरु भएको छ।

पछिल्लो समय अध्यक्ष ओली र नेता नेपालबीच पानी बाराबार सम्बन्ध रहदै आएपनि आज नागपोखरीस्थित म्यारियट होटलमा वार्ता सुरु भएको हो।

वार्तामा पार्टीका नेता एवं अर्थमन्त्री विष्णु पौडेलको पनि सहभागी रहेको नेपालनिकट स्रोतले जानकारी दिएको छ।

आजै दिउँसो नेपाल पक्षका नेता योगेश भट्टराईले पनि अध्यक्ष ओलीसंग भेटवार्ता गरेर पार्टी एकीकरणका लागि पहल गर्न आग्रह गरेसँगै ओली र नेपालबीच वार्ता सुरु भएको हो।

त्यस्तै, यसअघि आज दिउँसो अध्यक्ष ओलीको निर्णय पार्टी विधान र कानुन विपरित भएको भन्दै नेपाल पक्षका नेताहरुले ओलीविरूद्ध सर्वोच्च अदालतमा रिट पेश गरेका थिए।

तर उनीहरूको रिट आज पेश भए पनि दर्ता भइसकेको भने छैन ।

३२ जना नेता कार्यकर्ता र प्रतिनिधिसभा सदस्यहरूलाई गर्न लागिएको कारबाहीलाई रोक्न आदेश दिन माग गर्दै उनीहरू फागुन २८ र त्यसयता अध्यक्ष ओलीले गरेका निर्णय कार्यान्वयन रोक्न र गैरकानुनी कारबाही’को बाटो बन्द गर्न माग गर्दै सर्वोच्च पुगेको रिटमा उलेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077