Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मोटरसाइकल र ट्याक्सी ठोक्किँदा बालकको मृत्यु

दाङ । दाङमा मोटरसाइकल र ट्याक्सी एकापसमा ठोक्किँदा एक बालकको मृत्यु गएको छ । दुर्घटनामा बालकका बुबा र आमा घाइते भएका छन् ।

मंगलबार साँझ बबई गाउँपालिका ६ पञ्चकुलेमा रा ५ प ५६०४ नम्बरको मोटरसाइकल र भे १ ज १००२ नम्बरको ट्याक्सी ठोक्किँदा मोटरसाइकलमा सवार बबई गाउँपालिका ६ मोतिपुर ८ वर्षीय स्पर्श आचार्यको ज्यान गएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहका अनुसार बालकका बुबा ३९ वर्षीय सुदीप र आमा २८ वर्षीया पार्वती घाइते भएका छन् ।

घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077