Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

'एकलौटी कारबाहीका शृखंलाले पार्टी एकतामा गम्भीर संकट'

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता एवं पुर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले पार्टीमा देखापरेका समस्याहरुको समाधानकालागि संयमीत र जिम्मेवारीपूर्ण पहल गर्नुपर्ने बताएका छन् ।

नेता बिष्टले सामाजिक संजाल  फेसबुकमा स्टाटेस लेख्दै एकपछि अर्को एकतर्फी र बिनाकारण सांसदहरुमाथी कारबाहीका शृखंलाहरुले पार्टी एकतामा गम्भीर संकट पैदा गरेकाे बताएका हुन् ।

संवादहीनता र कारबाहीको बाटो कुनैपनी हालतमा समस्या समाधान नहुने बताउँदै अदालतको फैसला बमोजिम एमालेलाई नेकपा एकतापूर्वको अवस्थामा फर्काएर पार्टीलाई विचार र विधिबाट संचालन गरेर पार्टी एकता जोगाउन आग्रह समेत गरेका छन् ।

उनले लेखेका छन्, 'विगत केहि समय यता नेकपा एमालेमा देखापरेका समस्याहरुको समाधानकालागि संयमीत र जिम्मेवारीपूर्ण पहल गर्नुको साटो एकपछि अर्को एकतर्फी र बिनाकारण सांसदहरुमाथी कारबाहीका घटनाहरु अघि बढाइएको छ । यस्ता कारबाहीका शृखंलाहरुले पार्टी एकतामा गम्भीर संकट पैदा गरेको छ । संवादहीनता र कारबाहीको बाटो कुनैपनी हालतमा समाधान हुन सक्दैन । अदालतको फैसला बमोजिम एमालेलाई नेकपा एकतापूर्वको अवस्थामा फर्काएर पार्टीलाई विचार र विधिबाट संचालन गरेर नै एकता जोगाउन सकिन्छ । एउटा इमान्दार कार्यकर्ताकोलागि पदीय हैसियत भन्दा पार्टी र आन्दोलनको भविष्य सधैं माथी हुन्छ । यसर्थ एमालेका नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकको चाहना बमोजिम एकतापूर्वको एमालेका सम्पूर्ण आधिकारिक कमिटीहरु ब्युँताएर विधि मार्फत समाधान खोज्न म आग्रह गर्दछु । पार्टी एकताको रक्षा गरौं ।'

आज पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीका ३२ जना नेताहरुलाई कारवाही गरेपछि नेता बिष्टले सामाजिक सञ्जालमार्फ़त पार्टी एकताको रक्षा गर्न गुहार गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077