Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमालेले माधव नेपालसहित ३२ सांसदलाई कारवाही गर्दै (नामावलीसहित)

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले पार्टीका २७ संघिय सांसदलाई स्पष्टिकरण सोध्ने भएको छ ।

पार्टीले पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै माधव नेपालसहित उनको पक्षका २७ जना संघीय सांसदलाई स्पष्टिकरण सोध्ने भएको हो।

उनीहरूलाई आजै स्पष्टिकरण पत्र इमेल र भाइबरबाट पत्र पठाइएको एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार २७ सांसदलाई दुई दिनभित्र स्पष्टिकरण बुझाउन समय दिइने छ । चित बुझ्दो जवाफ नआएमा १० गतेको केन्द्रीय कमिटीको बैठकबाट उनीहरुलाई पार्टीको साधारण सदस्य र सांसद पदबाट पनि निश्कासन गर्ने तयारी भएको भट्टराईले बताए।

यसअघि पनि नेपाल पक्षका नेताहरु माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायत कर्णाली प्रदेशका चार सांसदमाथि पनि स्पष्टिकरण माग्दै पार्टीले कारवाही गरेको जनाएको थियो ।

को–को छन् कारबाही सूचीमा ?
१. माधवकुमार नेपाल
२. भीम रावल
३. सुरेन्द्र पाण्डे
४. घनश्याम भुसाल
५. पवित्रा निरौला
६. झपट रावल
७. मेटमणि चौधरी
८. यज्ञराज सुनुवार
९. जीवनराम श्रेष्ठ
१०. झलनाथ खनाल
११. विरोध खतिवडा
१२. सोमप्रसाद पाण्डे
१३. भवानी खापुङ
१४. नारायण खतिवडा
१५. जयकुमार राई
१६. गणेश पहाडी
१७. दिपकप्रकाश भट्ट
१८. योगेश कुमार भट्टराई
१९. हिराचन्द्र केसी
२०. पुष्पाकुमारी कर्ण कायस्थ
२१. कल्याणी खड्का
२२. लक्ष्मीकुमारी चौधरी
२३. सरला कुमारी यादव
२४. कृष्णलाल. महर्जन
२५. नीरादेवी जैरु
२६. मुकुन्द नेउपाने
२७. रामकुमारी झाँक्री

कर्णाली प्रदेशका सांसदहरु
१. प्रकाश ज्वाला
२. नन्दसिंह बुढा
३. कुर्मराज शाही
४. अम्बरबहादुर थापा
५. देवी ओली

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077