Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रचण्ड र नेपाललाई जनताले धूलो चटाएर भित्तामा टाँस्छन् : ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई दुई मुखे प्रवृत्तिको मान्छे रहेको बताएका छन्।

आज पार्टी महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्डमा एकातिर देशभक्तिको कुरा गर्ने र अर्कातिर राष्ट्रघाती काम गर्ने प्रवृत्ति रहेको आरोप लगाउदै दुई मुखे प्रवृत्तिको मान्छे भएको बताएका हुन्।

कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डलाई निशाना बनाएका ओलीले भने एकातिर न्याय र सुशासनको कुरा गर्ने, अर्कातिर आपराधिक कर्म र भ्रष्टाचार गर्ने रु

यसअघि प्रधानमन्त्री ओलीले पार्टीका माधवकुमार नेपाल पक्षलाई कर्णाली प्रदेशमा फ्लोर क्रस गरेको भन्दै कारवाही गर्ने बताए।

नेपालले अलोकतान्त्रिक, गैरसंसदीय, अराजक, अस्थिर, अत्यन्त घातक, कम्युनिस्ट अन्दोलनलाई खाडलमा हाल्ने हर्कत गरेको भन्दै अध्यक्ष ओलील कडा कारवाही गर्ने बताए।

नेपाल पक्षले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पाउमा एमाले पार्टी चढाउन खोजेको भन्दै प्रचण्ड र माधवकुमार नेपाललाई जनताले धूलो चटाउने दाबी गर्दै ओलीले भने ‘केपी ओलीलाई घोक्र्याउँछु, धूलो चटाउँछु र भित्तामा टाँस्छौं भन्दै हिड्ने प्रचण्ड र माधव नेपाललाई अब जनताले धूलो चटाउनेछन् र भित्तामा टाँस्नेछन्।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077