Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अर्थ मन्त्रालयका १० जना सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । अर्थ मन्त्रालयले मन्त्रालयका सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ।

आज मन्त्रालयमा आयोजित मन्त्रीस्तरीय बैठकको निर्णयबाट आर्थिक वर्ष २०७८/७९  बजेटको तयारी भइरहेका बेला मन्त्रालयका सहसचिवहरूको जिम्मेवारी हेरफेर गरिएको हो।

आजको निर्णयबाट थानप्रसाद पंज्ञानीलाई सह महालेखा नियन्त्रकमा पदस्थापन गरिएको भने वीरगन्ज भन्सारका प्रमुख महेश आचार्यलाई मन्त्रालयमा बोलाइएको छ।

त्यस्तै, विश्वप्रसाद अर्याल वीरगन्ज भन्सारमा सरुवा भएका छन् ।

यस्तो छ सहसचिवहरूको पदस्थापनपश्चात् सरुवा भएका स्थानहरु : 

१, सह महालेखा नियन्त्रक -  थानप्रसाद पंज्ञानी

२, अर्थ मन्त्रालय - महेश भट्टराई

३, अर्थ मन्त्रालय - महेश आचार्य

४, प्रमुख जाँचपास प्रशासक - अच्युतप्रसाद शिवाकोटी

५, सह महालेखा नियन्त्रक - उमाकान्त आचार्य

६, उप महानिर्देशक,भन्सार विभाग - ईश्वरप्रसाद अर्याल

७, कार्यालय प्रमुख सार्वजनिक ऋण व्यवस्थापन कार्यालय - बाबुराम सुवेदी

८, वीरगन्ज भन्सार प्रमुख - विश्वप्रसाद अर्याल

९, सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र - बाबुराम भण्डारी

१०, सदस्य सचिव,नेपाल राजश्व परामर्श विकास समिति -  भूमिराम शर्मा

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077