Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अज्ञात समूहद्वारा सांसद रावलको घरमा ढुंगा प्रहार, प्रहरीको १०० मा फोनै उठेन !

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले माधव नेपाल पक्षका नेता एवं प्रतिनिधिसभाका सांसद झपटबहादुर रावलले आफू बसेको घरमा अज्ञात समूहद्वारा ढुंगा प्रहार भएको र सुरक्षा निकायलाई बोलाउँदा नआएको बताएका छन्।

आज प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद रावलले आफू बसेको घरमा बुधबार राति पटकपटक ढुंगा प्रहार भएको र सुरक्षा निकायलाई बोलाउँदा नआएको भन्दै गृहमन्त्री रामबहादुर थापा र गृहसचिव महेश्वर न्यौपानेलाई घटनाबारे जानकारी गराएका हुन्।

बैठकमा सांसद रावलले घटनाबारे भने, 'म बसेको शान्तिनगरस्थित घरमा गएराति ५-१० मिनेटको अन्तरालमा पटकपटक ढुंगा प्रहार भयो । सुरक्षाकर्मी बोलाउन भनेर १०० मा फोन गर्दा उठेन !'

राज्यव्यवस्था तथा सुशासन समिति सदस्य समेत रहेका रावलले कोटेश्वर प्रहरी कार्यालयमा फोन गर्दा पनि नउठेको र अन्तिममा हनुमानढोका प्रहरीलाई फोन गर्दा मात्रै उठेको बताउँदै फोन गर्दा नउठ्ने र नलाग्ने अनि दुर्घटना भइसकेपछि प्रहरी आउनुको कुनै अर्थ नभएको प्रस्ट्याए।

रावलले गृहका अधिकारीलाई घटनाबारे छानबिन गर्न आग्रह गर्दै प्रहरीले राति फोन नउठाउने विषयलाई पनि गम्भीरतापूर्वक लिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077