Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नेपाल पक्षको देशदौड जारी, रुपन्देहीमा समानान्तर कमिटी घोषणा

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको माधव नेपाल पक्षले रुपन्देहीमा समानान्तर कमिटी घोषणा गरेको छ ।

देशभर समानान्तर कमिटी घोषणा गर्ने लक्षसहित देशदौड अभियानमा रहेको नेपाल पक्षले आज कमिटी घोषणा गरेको हो।

जिल्लामा राजु गुरुङको अध्यक्षतामा २ सय ५ सदस्यीय कमिटीको घोषणा गरिएको पार्टीका उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए।

त्यस्तै कमिटीको उपाध्यक्षमा पुरुषोत्तम घिमिरे, सचिवमा जागेश्वरीदेवी चौधरी र उपसचिवमा सिद्धिचरण भट्टराईलाई चयन गरिएको छ।

बागमती प्रदेशका जिल्लाहरुदेखि सुरु भएको कमिटी अभियान पूर्वका केही र तराईका जिल्लाहरुमा सक्किसकेको छ भने सुदुरपक्षिम प्रदेशका जिल्लाहरुमा यसअघि नै पार्टीका नेता भीम रावलले घोषणा गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077