Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कोरोना खोप : आजदेखि सार्वजनिक यातायातका चालक र सहचालकलाई पनि

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको ‘भेरोसेल’ खोप आजदेखि ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई लगाउने निर्णय गरेको छ।

चैत २५ बाट १८ देखि ५९ बर्ष उमेर समूहका व्यक्तिलाई खोप लगाउन सुरु गरिएको थियो ।

पहिलो प्राथमिकतामा परेका विद्यार्थी, प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, हिमालय पार व्यापार गर्ने नेपाली व्यापारीले समेत खोप लगाउँन पाउनेछन्।

त्यस्तै, मन्त्रालयले सूचना जारि गर्दै सार्वजनिक यातायातका चालक र सहचालकलाई पनि कोरोना खोप उपलब्ध गराउने निर्णय गरेको छ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077