Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दोलखामा जिप दुर्घटना : चारको मृत्यु, १७ घाइते

दोलखा। बिगु गाउँपालिका–४, सिँगटीमा गएराति चरिकोटबाट लादुक जाँदै गरेको प्रदेश–३–०१–०२३च ७५८० नम्बरको टाटा पिकअप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर १७ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको दोलखाका डिएसपी भेषराज रिजालले बताए ।

मृत्यु हुनेमा बिगु–३ घर भएका ३५ बर्षिय विनोद केसी, ४५ वर्षीया अजिता खत्री, ५२ वर्षीय राधा खड्का र २४ वर्षीय चण्डिका थापा छन् ।

दुर्घटनापछि निमित्त प्रमुख जिल्ला अधिकारी बद्री तिवारी र डिएसपी रिजाल घटनास्थलमा पुगेका थिए ।

घाइतेमध्ये १० जनालाई काठमाडौं पठाइएको र ७ जनाको जिल्ला अस्पताल चरिकोटमा उपचार भइरहेको डिएसपी रिजालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077