Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • मकवानपुरमा करेन्ट लागेर एक दम्पत्तीको मृत्यु

    मकवानपुरमा करेन्ट लागेर एक दम्पत्तीको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ३० चैत्र २०७७
  • 4K
    SHARES

    हेटौंडा । मकवानपुरमा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ।

    आज बिहान ९ बजे हेटौंडा उपमहानगरपालिका-९ शान्तिचोक बस्ने दम्पतीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायब उपरीक्षक (प्रवक्ता) जयश्वर रिमालले जानकरी दिए।



    मृत्यु हुनेमा श्रीमान ३५ वर्षीय समिर पाख्रिन र श्रीमती ३० वर्षीया अंशु पाख्रिन छन्।



    घरमा भएको मिटर बस्कबाट तार लत्रियो भनेर फलामको डन्डीले श्रीमान-श्रीमती मिलेर उठाउन खोज्दा त्यहीक्रममा करेन्ट लागेर बेहोस भएका  पाख्रिन दम्पतीलाई हेटौंडा अस्पतालमा मृत्यु भएको हो।

    मृतक दम्पतीको शव हाल हेटौँडा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार