Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जसपासँग छिट्टै सत्ता साझेदारी हुने राजन भट्टराईको दाबी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार तथा नेता डा. राजन भट्टराईले जनता समाजवादी पार्टी (जसपा)ले उठान गरेका कानुनी रुपमा समाधान गर्न मिल्ने मागहरु सरकारले पूरा गर्ने उल्लेख गरेका छन्।

सरकारको तर्फबाट वार्ता कमिटीका सदस्य समेत रहेका नेता भट्टराईले आजको एक कार्यक्रममा केही दिन भित्रै जसपासँग सत्ता साझेदारी हुनेदाबी गरेका हुन्।

भट्टराईले जपाका जायज माग पूरा गर्न सरकार प्रतिवद्ध रहेको बताउदै सत्ता साझेदारीका विषयमा सहमतिका लागि छलफल अगाडि बढिसकेको समेत जानकारी दिए।

देशलाई राजनीतिक संकटबाट निकास दिन वर्तमान सरकारको निरन्तरता, निर्वाचनमा जानुपर्ने र वर्तमान सरकारविरुद्ध अविश्वासको प्रस्ताव पारित यी तीनवटा मात्रै विकल्प रहेको भट्टराईले उल्लेख गरेका छन्।

नयाँ सरकार गठबन्धनमा निर्णायक भूमिकामा रहेको जसपाले सरकार गठनका लागि विभिन्न मागहरु राख्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077