Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सर्वोच्चले सहमतिमा बिहे गरेर बच्चा जन्मिसकेपछि पनि पुन: गर्भमा पठाउन खोज्यो : माधव नेपाल

पर्सा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गत फागुन २३ गतेको सर्वोच्च अदालतको निर्णयलाई विवाहसँग तुलना गरेका छन् ।

आज प्रेस संगठन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले नेकपा एमाले र नेकपा माओवादी केन्द्र व्युँतिएको विषयमा सर्वोच्चको निर्णय बिहेसँग तुलना गरेका हुन्।

‘केटाकेटीले प्रेम गरेर सहमतिमा बिहे गर्छन्, एक वर्षपछि छोराछोरी जन्मेपछि त्यसलाई सर्वोच्चले फेरी बच्चालाई गर्भमा पठाउन खोजेको छ, त्यो अस्वभाविक निर्णय हो,’ बरिष्ठ नेता नेपालले भने।

पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट रहदै आएको परि भित्रै नेपाल पक्षले देशभरी समानान्तर कमिटी गठन गर्ने अभियान चलाईरहेको बेला हिजो बिरगंजमा पनि जिल्ला स्तरिय कमिटीको घोषणा गरेको छ।

हिजो जिल्लामा नेपाल पक्षले बालगोपाल थापाको संयोकत्वमा १७५ सदस्यीय समानान्तर कमिटी गठन गरेको हो।

कमिटी घोषणा गरे लगत्तै नेता नेपालले समानान्तर कमिटीका नेता कार्यकर्तालाई अगामी निर्वाचनमा टिकट दिने बाचासमेत गरेका छन्।

पूर्वप्रधानमन्त्री नेपालले पार्टीभित्रको विवाद यदि अगामी निर्वाचनसम्म नटुंग्याए पनि नेता कार्यकर्ताहरुलाई निराश नहुन अपिल गर्दै प्रधानमन्त्री ओलीले विधि र पार्टीको विधानलाई मिचेर कारबाही गरेको आरोप लगाए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077