Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

अबको केही दिनमै शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने शशाङ्कको दाबी

चितवन। नेपाली काँग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले अबको केही दिनमै नयाँ प्रधानमन्त्री पार्टी सभापति शेरबहादुर देउवा बन्ने दाबी गरेका छन्।

महामन्त्री कोइरालाले काँग्रेसको नेतृत्वमा छिटै नयाँ सरकार बन्ने दावी गरेका हुन ।

उनले नयाँ प्रधानमन्त्री पार्टी सभापति शेरबहादुर देउवा बन्ने जिकिर समेत गरे । शनिबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने दावी गरेका हुन् ।

कोइरालाले भने, ‘शेरबहादुरजी संसदीय दलको नेता हुनुहुन्छ । उहाँकै नेतृत्वमा अब सरकार बन्छ। यस विषयमा अन्य दलसँग छलफल जारी छ ।

कोइरालाले माओवादीसहित जनता समाजवादी पाटीसँग सरकारका विषयमा छलफल भइरहेको र केही दिनमा नै टुङ्गो लाग्ने उल्लेख गरे ।

आजै काँग्रेस नेता प्रकाशमान सिंहले जनताले दिएको अधिकारको दुरुपयोग गरि जनताको विश्वासमाथि केपी ओली सरकारले लात हानेको आरोप लगाएका छन् ।

काठमाडौंको टोखामा आयोजित शुभकामना आदानप्रदान तथा गणेशमान सिंहको स्मृतिमा निमार्ण गरिएको पोखरीको उद्घाटन कार्यक्रममा नेता सिंहले नैतिकता नभएको प्रधानमन्त्री धेरै समय राख्न नहुने भन्दै तत्काल ओलीको विकल्प खोज्नु पर्ने बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077