Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रचण्डको खिल्ली उडाउँदै महेश बस्नेतले भने - न भाले न पोथी !

काठमाडौं । पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका यूवा नेता एवं सांसद महेश बस्नेतले प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्र र केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'प्रति कटाक्ष प्रकट गर्दै आइरहेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मानिने सांसद बस्नेतले आजको बैठकमा माओवादी पार्टीलाई न भाले न पोथी भन्दै कटाक्ष प्रकट गरेका हुन्। यसअघि गत चैत २३ गते सोमबार बसेको बैठकमा पनि उनले माओवादीका अध्यक्ष प्रचण्डलक्षित कविता बाचन गर्दै प्रचण्डको खिल्ली उडाएका थिए।

'सरकारलाई दिएको समर्थन फिर्ता लिन नसक्ने अनि  सरकारको बिरोध गर्दै प्रधानमन्त्रीको राजीनामा माग्दै हिड्ने ?' नेता बस्नेतले भने– ‘हिजो नेकपा एमालेलाई ‘न पोथी न भाले’ भन्ने माओवादी आज ‘न पोथी न भाले’ भएको छ ।

माओवादीले सरकालाई दिएको समर्थन फिर्ता पनि नालिने र प्रधानमन्त्रीको राजीनामा पनि माग्न नछोडे कै कारण राजनीति लक भएको सांसद बस्नेतको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077