Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

खनाल-नेपाल पक्षले बागमती प्रदेशमा समानान्तर कमिटी घोषणा गर्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल पक्षले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गर्दै पार्टी भित्र समानान्तर कमिटी गठन गर्दै आएको छ।

यसैबीच, आज पार्टी भित्रको सामानान्तर कमिटी गठनलाई निरन्तरता दिँदै खनाल-नेपाल पक्षले बागमती प्रदेशको समानान्तर कमिटी घोषणा गर्न लागेको जनाएको छ।

दिउँसो १२ बजेपछि बल्खुस्थित एक पार्टी प्यालेसमा प्रदेशको समानान्तर कमिटी घोषणा गर्न लागिएको हो।

गत फागुन २३ गते सर्वोच्च अदातले ब्युँताइदिएको एमालेको पुर्नगठन गर्ने भन्दै खनाल-नेपाले पक्षले तीन महिने देशव्यापी अभियान घोषणा गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077