Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बर्दियाको नरभक्षी बाघलाई चिडियाखानामा सारियो

काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्जको नरभक्षी बाघलाई सदर चिडियाखानामा ल्याइएको छ ।

गत आइतबार साँझ निकुञ्जको टोलीले नियन्त्रणमा लिएको बाघलाई आज विहान चिडियाखानामा ल्याइएको हो ।

नरभक्षी बाघले पटक पटक मान्छेलाई आक्रमण गर्न थालेपछि बाघलाई तत्काल व्यवस्थापन गर्न बर्दिया राष्ट्रिय निकुञ्जबाट चिडियाखानामा सारिएको हो।

आइतबार निकुञ्जमा गैंडा गणना गर्न हात्तीसहित गएका गडकलाई बाघले आक्रमण गरेको थियो ।

यो बाघले केही अगाडि पनि मोटरबाइकमा सवार एक महिलालाई मारेको आशंका गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077