Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

त्रिचन्द्र क्षेत्र तनावग्रस्त : पेट्रोलियम पदार्थको मूल्य बृद्धिको बिरोधमा प्रहरी र नेविसंघबीच झडप

काठमाडौं। काठमाडौँको घण्टाघरस्थित त्रिचन्द्र कलेज अगाडि प्रर्दशनकारी र प्रहरीबीच झडप भएको छ।

सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्य बृद्धिको बिरोधमा उत्रिएका नेविसंघका विद्यार्थीहरु र प्रहरीहरुबीच प्रदर्शनका क्रममा झडप भएको हो।

प्रर्दशनकारीले प्रहरीमाथि ढुङ्गा तथा इट्टा प्रहार गरेपछि स्थिति केही समय तनावग्रस्त बनेको थियो।

यस्तै आजै पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको विरोधमा खनाल-नेपाल पक्ष विद्यार्थी संगठन अनेरास्ववियुले पनि दिउँसो आयलनिगमको कार्यालय पुगेर उनीहरुले बिरोध प्रदर्शन गर्दै निगमलाई घेराउ गरेका थिए।

हँगी र भ्रष्टाचार नियन्त्रण गर्छु भन्दै भाषण गर्दै आइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको ढाड सेक्ने काम गरेको भन्दै अनेरास्वियुले पेट्रोलियम पदार्थमा बढाईएको मूल्य फिर्ता लिन माग गरेको छ ।

सरकारले फागुनयता चार पटक इन्धनको मूल्य बढाएको छ ।

मूल्यवृद्धि गरेको दुई साता बित्न नपाउँदै निगमले फेरि हिजो मूल्यवृद्धि गर्ने निर्णय गरेको थियो  ।

नयाँ खुद्रा बिक्री मूल्य क्रमश: पेट्रोल १ सय २० र डिजेल/मटितेल १०३/१०३ रुपैयाँ कायम गरिएको छ। नयाँ मूल्य आइतबार राति १२ बजेदेखि नै लागू हुने वताइएको  छ । निगमले एलपी ग्यास र हवाई इन्धनको बिक्री मूल्य भने यथावत राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077