चितवन। भरतपुर महानगरपालिका-२० नयाँ बजारस्थित सडकमा ना-३ ख ८३६० नम्बरको बस र ना.४९ प ६६४६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई २ जनाको मृत्यु भएको छ।
आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेहरुमा मोटरसाइकल चालक सोही महानगरपालिका-११ बस्ने २७ वर्षीय मन्जिल पौडेल र सोही ठाउँ बस्ने २३ वर्षीया पार्वती अधिकारी रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले ठक्कर दिने बस र चालकलाई पक्राउ गरी दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Leave a Reply