Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कर्णाली प्रदेश : एमालेका मन्त्रीहरुले सामूहिक राजिनामा गर्दै

सुर्खेत। कर्णाली प्रदेश सरकारमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका मन्त्रीहरुले आज सामूहिक राजिनामा दिने भएका छन् ।

आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले आज राजिनामा दिन लागेका हुन् ।

हिजो नेता माधवकुमार नेपाल पक्षका सांसदसहित बसेको संसदीय दलको बैठकले मन्त्रीहरुलाई राजिनामा दिन निर्देशन दिएसँगै एमालेका मन्त्रीहरुले आज राजिनामा दिने भएका हुन्।

आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले एमालेका तर्फबाट मन्त्री भएका तीनै जनाले पार्टीको निर्देशन अनुसार आज सामुहिक राजिनामा दिन लागेको जानकारी दिए ।

मन्त्रीहरुले राजीनामा दिएसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार धरापमा पर्ने भएको छ ।

एमालेको ओली पक्षीय सांसदहरु मात्र सहभागी ४ चैतको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्नुका साथै मन्त्रीहरुलाई फिर्ता बोलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077