Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रको गौरवका विषयलाई मुख्य समाचार बनाउनु पर्छ : राष्ट्रियसभा अध्यक्ष

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रको गौरवका विषयलाई मुख्य समाचार बनाएर अन्तराष्ट्रिय समुदायसम्म पुर्याउन सञ्चार जगतले महत्वपुर्ण भूमिका खेल्नुपर्ने बताएका छन्।

आज सातौँ अधिवेशनबाट निर्वाचन संसदीय मामिला पत्रकार समाजको नयाँ कार्यसमितिलाई शुभकामना आदानप्रदान तथा प्रमाणपत्र वितरण समारोहमा उनले सकारात्क विषयलाई केन्द्रमा राखेर पत्रकारले कलम चलाउनुपर्ने बताए ।

संसद् सचिवालयका महासचिव भरतराज गौतमले निवर्तमान कार्यसमितिलाई धन्यवाद दिदैँ नयाँलाई कार्यकाल सफलताको शुभकामना दिए । समाजका नव निर्वाचित अध्यक्ष सञ्जिव बगालेले संसदीय समाचार सङ्कलनका क्रममा भएका समस्यालाई सामुहिक रुपमा समाधान गर्नका लागि आफ्नो नेतृत्व सधै तयार रहने प्रतिबद्धता जनाए ।

यही चैत १४ गते भएको निर्वाचनमा बगालेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको थियो । समाजका उपसभापतिमा डीपी उपाध्याय र तुलसी सापकोटा, महासचिव विष्णु खड्का, सचिव जयसिंह महरा र दीपेश श्रेष्ठ तथा कोषाध्यक्षमा सिर्जना घिमिलेलाई चयन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077