Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • जाजरकोटमा यातायात मजदुरबीचको झडपमा एकको मृत्यु, दुई गम्भीर घाइते

    जाजरकोटमा यातायात मजदुरबीचको झडपमा एकको मृत्यु, दुई गम्भीर घाइते

    अनलाइन नेपाल
  • शुक्रबार, २० चैत्र २०७७
  • 3.7K
    SHARES

    फाइल फोटो

    जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिका–२, लिम्सामा यातायात मजदुरहरुको दुई समूहबीच झडपहुँदा १ जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा नलगाड नगरपालिका–४, का ३५ वर्षीय नरेश रावल रहेका छन् ।



    जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार जाजरकोट–डोल्पा यातायात समितिका मजदुरबीच गाडीको रुटको विषयमा विवाद भएपछि झडप भएको हो ।



    झडप पश्चात् रावलको शव बारेकोटकै देउलस्थित खोलामा आज दिउँसो फेला परेको थियो ।

    झडपका क्रममा नलगाड–४, कै सुजन कार्की र विकास रावल गम्भीर घाइते भएका छन् । घटनामा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरेर सदरमुकामतर्फ ल्याइएको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार