Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

प्रहरीको टाउकोमा वियरको बोतल प्रहार गर्ने एक पक्राउ

धनुषा। ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाले ड्युटीमा खटिएको प्रहरी कर्मचारीमाथि वियर बोतल प्रहार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा लक्ष्मिनियाँ गाउँपालिका-६ निकाल बस्ने ३० वर्षीय सन्तोष शर्मा रहेका छन् । उनलाई सोमबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ।

क्षिरेश्वरनाथ नगरपालिका-६ सखुवा चोकमा ट्राफिक सहित खटिएको प्रहरीले ज १२ प ५०१४ नम्बरको मोटरसाइकललाई हेलमेट नलगाएको कारण रोक्न खोज्दा नरोकी अगाडि बढ्ने क्रममा ट्राफिक प्रहरी जवानलाई ठक्कर दिई जनकपुरतर्फ फरार भएपछि प्रहरीले पछ्याउँदै सोही नगरपालिका हरैया चोकमा उक्त मोटरसाइकल फेला पारी पक्राउ गरेको हो।

मोटरसाइकललाई कार्यालयतर्फ ल्याउने क्रममा मोटरसाइकलमा सवार सन्तोषले प्रहरीमाथि अचानक खाली बियरको बोतलले प्रहार गर्दा २ जना प्रहरी घाइते भएका थिए।

हाल फरार रहेका अन्य व्यक्तिहरूको  खोजी गर्नुको साथे यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077