Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

निलम्बनमा परेपछि नेता नेपालले भने–ओलीको तानाशाही विरुद्धमा जुध्न एकजुट होऔं

काठमाडौं । ६ महिना पार्टी सदस्यताबाटै निलम्बनमा परेका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीको निर्णय चरम असहिष्णु भएको भन्दै ओलीको तानाशाहीको विरुद्धमा जुध्न र क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणमा लाग्न कार्यकर्तालाई आह्वान गरेका छन् ।

अध्यक्ष ओलीले आज नेता नेपाल र भीम रावललाई ६ महिना पार्टी सदस्यबाटै निलम्बन गरिएको पत्र पठाएका थिए ।

उनले भने–‘देशभरका कार्यकर्तालाई उच्च मनोबलका साथ केपी ओलीको तानाशाही विरुद्धमा जुध्नका लागि र क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण गर्न म आह्वान गर्छु ।’

ओलीले पठाएको पत्र आफूले नपाएपनि सञ्चारमाध्यमबाट आफूलाई कारबाही गरेको सुनेको भन्दै नेता नेपालले अध्यक्ष ओलीको निर्णय निरंकुश र अत्यन्तै तानाशाही प्रवृत्तिको द्योतक भएको प्रतिक्रिया दिएका हुन् ।

उनले भने–‘फागुन २८ गते पार्टी विधानको विपरीत चल्नुभएको छ । त्यसबाट नै उहाँको नियत छर्लङ्ग भएको छ । ओलीको कदमको कुनै अर्थ छैन ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077