Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राजनीति जतासुकै जाओस् सरकारलाई दिएको समर्थन तत्कालै फिर्ता गर्छु : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई दिएको समर्थन एकदुई दिनमै फिर्ता लिने बताएका छन्।

संसद विघटनलाई असंवैधानिक भनेर सडकमा गएका दलहरुबाटै हतारमा समर्थन फिर्ता नलिन आफूमाथि जबरजस्त दबाव रहेको बताउँदै उनले भने–‘अब म नैतिक र राजनीतिक ढंगले धेरै दिन पर्खिन सक्दिन, राजनीति जतासुकै जाओस् । मैले मेरो नैतिकता बचाउँछु ।’

प्रज्ञा प्रतिष्ठान डबलीमा आयोजित नागरिक आन्दोलनमा सहभागी हुँदै अध्यक्ष प्रचण्डले नैतिकता बचाउन पनि समर्थन फिर्ता लिने बताए।

नागरिक समाजले सर्वोच्चको पहिलो फैसलापछि दोस्रो योजना किन बनेन भन्ने प्रश्नमा प्रचण्डले षडयन्त्र भएको आफूलाई लागेको बताए।

उनले भने–‘सर्वोच्चको फैसला पछि हामी रिल्याक्स गरेउ। दोस्रो योजना बनाउनमा हामी चुकेकै हौं। एकपछि अर्को तत्काल योजनाको तयारि गर्नुपर्थो ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077