Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • बालुवाटारमा खनालले भने – ओलीले एक्लौटी निर्णय फिर्ता लिनुपर्छ

    बालुवाटारमा खनालले भने – ओलीले एक्लौटी निर्णय फिर्ता लिनुपर्छ

    अनलाइन नेपाल
  • शुक्रबार, १३ चैत्र २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष केपी शर्मा ओलीले गरेको एक्लौटी निर्णय फिर्ता नलिए पार्टी एकता हुन नसक्ने बताएका छन् ।

    आज दलका नेता एवम् प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएको बैठकमा सहभागी नेता खनालले पार्टीलाई २ जेठ २०७५ कै अबस्थामा फर्काउनु पर्ने बताएका हुन्।



    २३ फागुनको सर्वोच्च अदालतको फैसला पछि पहिलो पटक नेपाल पक्ष ओलीले बोलाएको बैठकमा सहभागी भएका छन् ।



    बैठकमा माधवकुमार नेपाल र भीम रावल भने उपस्थित छैनन् । सुरेन्द्र पाण्डे भने बैठकस्थल पुगेर एकछिनमै निस्किएका थिए ।

    यसअघि कलंकीमा बसेको माधव पक्षको बैठकले संसदीय दलको बैठकमा भाग लिने निष्कर्ष निकालेको थियो ।

    बैठकमा संसदको चालु अधिवेशन प्रभावकारी बनाउने, सांसदहरुको विकास बजेट खर्च लगायतका विषयमा छलफल हुने बताईएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार